News सौर्यको ह्याट्रिकसँगै च्याम्पियन ब्वाईज फाइनलमा
गोलनेपाल

कटारी । च्याम्पियन ब्वाईज क्लब, काठमाडौं जारी पाँचौं कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलतर्फ च्याम्पियन ब्वाईजले निराजन फुटबल क्लब, धरानलाई ४–२ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । च्याम्पियन ब्वाईजका लागि सौर्य राउतले ह्याट्रिक गरे भने थप एक गोल सन्तोष न्यौपानेले गरे । उता निराजन एफसीका लागि दुवै गोल तपन कार्कीले गरे ।

खेलमा ह्याट्रिक गरेका च्याम्पियन ब्वाईजका सौर्य राउत म्यान अफ दि म्याच बने । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत फागुन १५ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल सलहेश युवा क्लब, सिराहा र बिरगंज युनाइटेड, बिरगंज बीच हुने आयोजकले जानकारी दियो ।

नगर युवा तथा खेलकुद विकास समिति, कटारी, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन १७ गतेका दिन हुनेछ ।

Post Comments