News सलहेश फाइनलमा, उपाधिका लागि च्याम्पियन ब्वाईजसँग भिड्ने
गोलनेपाल

कटारी । सहज जितका साथ सलहेश युवा क्लब, सिराहा जारी पाँचौं कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा सलहेशले बिरगंज युनाइटेड, बिरगंजलाई ३–० ले हराउँदै फाइनल प्रवेश गरेको हो । सलहेशका लागि अफ्रिकी खेलाडीद्वय यामीले दुई गोल गर्दा थप एक गोल अर्मान्ड बिडुमले गरे ।

खेलमा दुई गोल गरेका सलहेशका यामी म्यान अफ दि म्याच चुनिए । सलहेशले अब फागुन १७ गते शनिबार हुने फाइनलमा च्याम्पियन ब्वाईज क्लब, काठमाडौंसँग उपाधिका लागि भिड्ने आयोजकले जानकारी दियो ।

नगर युवा तथा खेलकुद विकास समिति, कटारी, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ ।

Post Comments