News
झिलझिलेलाई प्रथम चारपाने युनाइटेड भेट्रान्स कपको उपाधि

बिर्तामोड । यहाँ सम्पन्न प्रथम चारपाने युनाइटेड भेट्रान्स कप नकआउट फुटबल प्रतियोगिताको उपाधि झिलझिले भेट्रान्सले जित्न सफल भएको छ ।
बेलडाँगी स्थित वीर अमरसिंह माविको खेलमैदानमा भएको उपाधि भिडन्तमा झिलझिलेले पूर्वेली भेट्रान्सलाई टाईब्रेकरमा ५–४ ले हराउँदै उपाधि जितेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । टाईब्रेकरमा भने झिलझिले सफल बन्यो ।
विजेता बनेको झिलझिलेले उपाधिसहित नगद ५११५१ रुपैयाँ हात पार्यो भने उपविजेता पूर्वेली भेट्रान्सले ३११५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
चारपाने युनाइटेड भेट्रान्स फुटबल क्लब, बिर्तामोड, झापाको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल १३ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments