News
लहान एफसी (निलो) सेमिफाइनलमा प्रवेश

लहान । घरेलु टोली लहान फुटबल क्लब, लहान (निलो) यहाँ जारी तेस्रो लहान मेयर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको अन्तिम क्वाटरफाइनलमा लहानले पेमा युथ क्लब, बिराटनगरलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेहरमा लहान ५–३ ले विजयी बन्यो ।
खेलमा लहानका समिर चौधरी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत्र १७ गते आइतबारको पहिलो सेमिफाइनल खेल चात्या सा पुस्तकालय, झापा र बेङ्गखाडी युवा क्लब, महोत्तरीबीच हुने आयोजकले जानकारी दियो ।
हिम कस्तुरी युवा क्लब, लहान, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २० गतेका दिन हुनेछ ।
Post Comments