News
मोरङमा पाँचौं अध्यक्ष कप पुरुष तथा महिला युथ फुटबल प्रतियोगिता हुँदै (खेलतालिकासहित)

केराबारी । खेलकुद विकास समिति, केराबारी, मोरङको आयोजनामा यही चैत्र २३ देखि ३१ गतेसम्म पाँचौं अध्यक्ष कप पुरुष (यु–१७) तथा महिला (यु–१९) युथ फुटबल प्रतियोगिता हुने भएको छ ।
केराबारी रंगशालामा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ केराबारीका कुल १० वटा वार्ड फुटबल टोलीहरुको सहभागिता रहनेछ भने महिलातर्फ आठ वार्ड फुटबल टोलीहरुको सहभागिता रहनेछ ।
त्यस्तै पुरुषतर्फको खेल चैत्र २३ गतेदेखि शुरु हुनेछ भने महिलातर्फको खेल चैत्र २४ गतेदेखि शुरु हुनेछ । पुरुषतर्फको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । त्यस्तै महिलातर्फको विजेताले ३५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News