News
माघमा तेस्रो खुल्ला हेलम्बु कप

सिन्धुपाल्चोक । सोनाम ल्होछारको अवसरमा तेस्रो हेलम्बु कप खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । "स्वास्थ्य, अनुशासन, लगनशिलता, खेलाडी उत्पादन हाम्रो प्रतिबद्धता" भन्ने मूल नाराका साथ हुन गईरहेको प्रतियोगिता आउँदो माघ २२ देखि २९ गतेसम्म हुने भएको छ ।
हेलम्बु गाउँपालिका–२ स्थित राइजिङ खेलमैदान गणेशे बगरमा हुने प्रतियोगिताको मुख्य संरक्षक हेलम्बु गाउँपालिका रहेको छ । न्यु राईजिङ युवा क्लबको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।
त्यस्तै अन्य व्यीक्तगत विधातर्फ उत्कृष्ट हुनेहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि टिम दर्ता शुल्क १० हजार तोकिएको छ ।
Post Comments