काठमाडौं । युएईमा रहेका आप्रवासी नेपाली टोलीहरुबीच सम्पन्न प्रथम समृद्धि कास्की फुटबल प्रतियोगिताको उपाधि युथ स्र्पोटिङ फुटबल क्लबले जितेको छ ।
दुबई स्थित डुल्स्को स्पोर्टस कम्प्लेक्समा भएको फाइनल भिडन्तमा युथ स्र्पोटिङले योङ ब्वाईज फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो । विजेता बनेको युथ स्र्पोटिङले उपाधिसहित नगद ४५५५ युएई दिराम हात पार्यो भने उपविजेता योङ ब्वाईजले २५५५ दिराममा चित्त बुझायो ।
भुजेल भने सर्वोत्कृष्ट खेलाडी

प्रतियोगिताको व्यक्तिगत विधातर्फ पनि युथ स्र्पोटिङ एफसी कै दबदबा रह्यो । जसअन्तरगत प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता टोली युथ स्र्पोटिङका मधु भुजेल घोषित भए ।
त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डरको पुरस्कार पनि युथ स्र्पोटिङ कै क्रमशः प्रकाश बस्नेत र प्रविन श्रेष्ठले हात पारे । प्रतियोगिताको अनुशासित टोली भने इनास एफसी बन्यो ।
सेट कास्कीको व्यवस्थापन तथा कास्की आदर्श समाज, युएई र कास्की–११ को संयुक्त आयोजनामा भएको एक दिने प्रतियोगितामा युएईमा रहेका विभिन्न १२ टोलीहरुले सहभागिता जनाएका थिए ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै