
काठमाडौं । पोखरा थन्डर्स फुटबल क्लब जारी तेस्रो नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । मंगलबार पोखराले बुटवल लुम्बिनी एफसीलाई २–० ले हराउँदै लिगतालिकाको तेस्रो स्थानमा उक्लिएर प्ले अफ यात्रा पक्का गरेको हो । यसअघि ललितपुर सिटी र धनगढीले पनि प्ले अफमा स्थान सुरक्षित गरिसकेका छन् ।
काठमाडौं रंगशालामा भएको खेलमा पोखराका लागि खेलको नवौं मिनटमा आयुष घलान र ५८औं मिनटमा विलियम बियासीले गोल गरे । यो जितपछि ६ खेलबाट ८ अंक जोड्दै पोखरा तेस्रो स्थानमा उक्लेको छ । पराजित बुटवल भने १ अंकका साथ पुछारमा छ र प्ले अफ होडबाट बाहिरिएको छ ।
त्यस्तै मंगलबारको नतिजापछि ५ खेलबाट ४ अंकसहित छैठौं स्थानमा रहेको झापाको प्ले अफको चुनौति समाप्त भएको छ । अब ८ अंकका साथ चौथो स्थानमा रहेको काठमाडौं र ७ अंकका साथ पाँचौं स्थानमा रहेको चितवन मध्ये एक टोलीले प्ले अफका लागि आफ्नो चुनौति पेश गर्नेछ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै