बाहुनडाँगी (झापा) । शनिश्चरे एफसी अर्जुनधारा यहाँ जारी विद्या विकास एकाडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कप २०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज सरस्वती माविको मैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा मोरङको जहदा एफसीलाई ३-२ गोलअन्तरले पराजित गर्दै शनिश्चरे एफसीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सुरुवाती अग्रता शनिश्चरे एफसीले लिएको थियो ।
शनिश्चरेका लागि निमेश गुरुङले गोल गरेका थिए । तर, जहदा एफसीका डेनपाल राईले गोल गरेर बराबरीमा पुराए । यसैगरी, शनिश्चरेका सञ्जय भण्डारीले गोल गर्दै २-१ गोलको अन्तर निकाले भने फेरि जहदाका अवि लिम्बूले गोल गरेर २-२ गोलको बराबरी गरे । तर, खेलको इन्जुरी समयमा शनिश्चरेका देवेन्द्र तामाङले फ्रिकिकमार्फत गोल गर्दै टिमलाई जित दिलाएका हुन् । खेलको प्लेयर अफ दी म्याच शनिश्चरेका रक्षक दिवस उराव भए । उनले नगद २ हजार पाए । भोलि अन्तिम क्वाटरफाइनल खेल आयोजक बाहुनडाँगी युवा क्लब र भारत नक्सालबाडीको रथखोला स्पोर्टस एकाडेमीबीच हुनेछ ।
विद्या विकास एकाडेमी मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र ट्रफी पाउने छ । बाहुनडाँगी युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको उपविजेताले नगद ६१ हजार पाउने छ । प्रत्येक खेलको प्लेयर अफ दी म्याचले नगद २ हजार पाउँदा विधागततर्फ ५-५ हजार र सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने आयोजकले जनाएको छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा