News एपिएफ फुटबल क्लब सेमिफाइनलमा, सलहेश युवा क्लब सिरहा पराजित
गोलनेपाल

आठौं अन्तर्राष्ट्रिय आमन्त्रण भोजपुर मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा एपिएफ फुटबल क्लब काठमाडौंले सलहेश युवा क्लब सिरहालाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

भोजपुर रंगशालामा आज सम्पन्न खेलमा एपिएफका प्रदीप लामाले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए। खेलको एकमात्र गोल नै नतिजा निर्धारण गर्ने साबित भयो।

उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका एपिएफका बिकास टिटुङ ‘प्लेयर अफ दी म्याच’ घोषित भए।

अब एपिएफ फुटबल क्लबले फाइनल पुग्नका लागि जर्जियन फुटबल क्लब, भारतसँग सेमिफाइनल भिडन्त गर्नेछ।

भोलिको क्वाटरफाइनल खेल खोटाङ भगवती स्पोर्ट्स क्लब, खोटाङ र नवबुद्ध युथ क्लब, सप्तरीबीच हुनेछ।

Post Comments