International उत्तर कोरियाले लियो ओलम्पिकबाट नाम फिर्ता
गोलनेपाल

काठमाडौं (एजेन्सी) । विश्व खेलकुदको कुम्भमेलाका रुपमा रहेको टोक्यो ओलम्पिकबाट उत्तर कोरियाले आफ्नो नाम फिर्ता लिएको छ । रिपोर्टअनुसार उत्तर कोरियाले हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कै त्रास र खेलाडीहरुको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै नाम फिर्ता लिएको जनाएको छ ।

उत्तर कोरियाको खेलकुद मन्त्रालयले सञ्चालन गर्ने एक वेबसाईटले जनाएअनुसार नेशनल ओलम्पिक कमिटीले गत मार्च महिना मै जापानमा हुने टोक्यो ओलम्पिकमा सहभागिता नजनाउने पक्का भएको बताएको थियो । यो खबर बाहिर आएसँगै टोक्यो ओलम्पिकबाट नाम फिर्ता लिने उत्तर कोरिया पहिलो राष्ट्र बनेको समेत स्काई स्पोर्टसले जनाएको छ ।

स्मरण रहोस, कोभिड–१९ महामारी कै कारण गत बर्ष हुने भनिएको प्रतिष्ठित ओलम्पिक खेल एक बर्ष पछि सारिएको थियो । नयाँ मितिअनुसार टोक्यो ओलम्पिक यसै बर्षको जुलाईदेखि अगस्तसम्म हुने बताइएको छ । यद्यपि कतिपय देशहरुले अझै पनि प्रतियोगितामा सहभागिता जनाउनेमा निश्चित भइसकेका छैन ।

Post Comments