International भाटभटेनीले पाँच भाग्यशाली विजेतालाई एनफिल्ड लैजाने
गोलनेपाल

काठमाडौं । नेपालको व्यवसायीक क्षेत्रमा आफ्नो विशेष पहिचान बनाउन सफल भाटभटेनी सुपरमार्केटले आफ्ना ग्राहकववर्गका लागि एउटा आकर्षक योजना ल्याएको छ ।

यो योजनाअनुसार भाटभटेनीले आफ्ना पाँच भाग्यशाली ग्राहकहरुलाई चर्चित इङलिस क्लब लिभरपुलको घरेलु मैदान एनफिल्डमा प्रिमियर लिगको प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ ।

भाटभटेनीले सार्वजनिक गरेको विज्ञप्तीमा जनाइएअनुसार यो उपहार योजनामा सहभागि हुनका लागि भाटभटेनीबाट एक जनाले १५ हजार बराबरको एनबी न्यु ब्यालेन्स ब्राण्डको सामग्री किन्नुपर्नेछ ।

त्यसपछि भाग्यशाली ५ जना ग्राहकहरुलाई भाटभटेनीले सम्पूर्ण खर्च व्यहोर्ने गरी २१ मार्च, २०२० का दिन इङलिस प्रिमियर लिगतर्फ लिभरपुल र क्रिस्टल प्यालेसबीच हुने खेल प्रत्यक्ष हेर्न एनफिल्ड (लिभरपुल, युके) लैजानेछ ।

यो योजना यहि २७ डिसेम्बरदेखि सन् २०२० को १६ फेब्रुअरीसम्म कायम रहनेछ ।

Post Comments