News कुवेतमा नेपाली टिमको अभ्यास सुरु
गोलनेपाल

एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेत आईपुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिनको अभ्यास पूरा गरेको छ ।

कुवेत सिटीमा रहेको नेपाली टिमले अहमादी स्थित अल शवाव स्टेडियममा पहिलो दिनको अभ्यास सत्र पूरा गरेका हो । नेपालले स्थानिय समय अनुसार साझ ७ बजे (नेपाली पौने १० बजे) अभ्यास गरेको हो । नेपाली टिमले केहि समय कतारको दोहामा अभ्यास पूरा गर्दै कुवते पुगेको हो ।

कतारमा नेपालले टिमोर लिस्टे, श्रीलंका र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ टिमोरसँग २-२ र श्रीलंकासँग १-१ गोलको बराबरी खेल्दा नेपाल ओमानसँग २-० ले पराजित भएको थियो । यसपछि नेपाली टिम शनिबार कुवेत आईपुगेको थियो ।

नेपालले भोलि सोमबार समेत सोहि मैदानमा अभ्यास गर्नेछ । स्थानिय समय अनुसार ७ बजे सुरु हुने अभ्यासमा नेपाली समर्थकलाई आफ्नो राष्ट्रको अभ्यास सत्र हेर्न प्रवेश दिने प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बताएका छन् ।

हाल टोलीमा २३ खेलाडी सहित नौं अफिसियल छन् । समूह ए मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

NSJF

Post Comments