News दोस्रो अभ्यास सत्रमा नेपाली दर्शकलाई प्रवेश दिइने
गोलनेपाल

एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली टिमको अभ्यास सत्रमा दर्शकलाई प्रवेश दिइने भएको छ ।

नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अहमादी स्थित अल शवाव स्टेडियममा हुने अभ्यासमा नेपाली दर्शकलाई आफ्नो देशको अभ्यास सत्र हेर्न दिने बताएका हुन् । कुवेतमा रहेका नेपाली दर्शकलाई अभ्यासमा प्रवेश दिनेछौं ।

नेपाली दर्शकको उपस्थितीले खेलाडीमा हौसला बृद्धि हुनेछ । अब्दुल्लाहले भने । नेपाली टिमले भोलि (सोमबार) साझ ७ बजे अहमादीमै अभ्यास गर्नेछ ।

कतारको दोहामा केहि दिनको अभ्यास र मैत्रीपूर्ण खेलपछि नेपाली टिम हिजो (शनिबार) कुवेत राजधानी कुवेत सिटीमा आईपुगेको छ ।

हाल टोलीमा २३ खेलाडी सहित नौं अफिसियल छन् । नेपालले कुवेतमा २५ जेठमा जोर्डन, २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

NSJF

Post Comments