International ब्राजील सामू भारत निरीह
गोलनेपाल

काठमाडौं (एजेन्सी) । चार देशीय अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय फुटबल म्याच खेल्न ब्राजीलमा रहेको भारतीय महिला फुटबल टोलीले आफ्नो पहिलो खेलमै फराकिलो हार बेहोरेको छ ।

एरिना द अमेजोनियामा भएको खेलमा विश्व फुटबलको महारथी ब्राजीलले भारतलाई ६–१ ले निराश तुल्याएको हो । ब्राजीलका लागि खेल शुरु भएको पहिलो मिनटमै कप्तान डेबिन्हाले गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाएकी थिईन् ।

यद्यपि आठौं मिनट मै मनिषाको गोलबाट भारतले खेल बराबरीमा ल्याएको थियो । त्यसपछि भने भारत घरेलु टोली सामू निरीह देखियो । ३६औं मिनटमा जियोभानाले ब्राजीलका लागि दोस्रो गोल थपिन् ।

त्यस्तै ५२औं मिनटमा बोर्गेस अरियाडिनाले ब्राजीलको त्यो अग्रता तेब्बर पारिन । दोस्रो हाफमा थप आक्रमक बनेको ब्राजीलका लागि ५५औं मिनटमा क्यारोलिनले चौथो थपिन । त्यस्तै ७६औं मिनटमा जिसेले पाँचौं गोल गरिने भने ८१औं मिनटमा बोर्गेसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैठौ गोल गर्दै घरेलु टोलीको शानदार जित पक्का गरिन् ।

प्रतियोगिता अन्तरगत भारतले आफ्नो दोस्रो खेल आइतबार चिलीसँग खेल्नेछ भने ब्राजीलले सोही दिन भेनेजुएलाको सामना गर्नेछ । स्मरणीय छ, चिलीले शुक्रबार नै भएको उद्घाटन खेलमा भेनेजुएलालाई १–० ले हराउँदै विजयी शुरुवात गरेको छ ।

Post Comments