
काठमाडौं (एजेन्सी) । पूर्व विजेता स्पेन तथा गत संस्करणको उपविजेता क्रोएशियाले पनि आगामी बर्ष कतारमा हुने प्रतिष्ठित फिफा विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गरेका छन् ।
समूह बी मा रहेको स्पेनले समूह चरणको आफ्नो अन्तिम खेलमा स्वीडेनलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विश्वकपको यात्रा तय गर्न सफल भयो । ८६औं मिनटमा अल्वारो मोराटाले गरेको एक मात्र गोल स्पेनलाई जित दिलाउन प्रर्याप्त बन्यो ।
समूह बी मा ८ खेलबाट १९ अंक जोडेको स्पेन शिर्ष स्थानमा रह्यो । १५ अंकका साथ स्वीडेन दोस्रो स्थानमा रह्यो र प्ले अफमा स्थान बनाउन सफल भयो । त्यस्तै तीन टोली जर्जिया, कोसोभो र ग्रीस भने छनौट प्रतियोगिताबाटै बाहिरिए ।
त्यस्तै समूह एचमा रहेको क्रोएशियाले आफ्नो अन्तिम खेलमा रसियालाई १–० ले हराउँदै कतार विश्वकपको टिकट काट्न सफल भयो । समूह एचमा १० खेलबाट २३ अंक जोडेको क्रोएशिया शिर्ष स्थानमा रह्यो । २२ अंकका साथ रसिया दोस्रो स्थानमा रहेर प्ले अफमा स्थान बनाउन सफल बन्यो ।
त्यस्तै समूह एच मै रहेका स्लोभाकिया, स्लोभेनिया, साइप्रस र माल्टा भने छनौट प्रतियोगिताबाट बाहिरिए ।
- नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने