International
अमेरिकालाई स्वर्ण, अधुरै रह्यो मार्टाको सपना

काठमाडौं (एजेन्सी) । झिनो अन्तरको जित निकाल्दै पेरिस ओलम्पिकको महिला फुटबलतर्फ स्वर्ण पदक अमेरिकाले जितेको छ । फाइनलमा ब्राजीललाई शून्यका विरुद्ध १ गोलले हराउँदै अमेरिकाले महिला फुटबलतर्फ पाँचौंपटक ओलम्पिकमा स्वर्ण जितेको हो ।
पेरिसमा भएको फाइनल भिडन्तमा दोस्रो हाफको ५७औं मिनटमा मेलोरी स्वानसनले गरेको एक मात्र गोल अमेरिकी टिमलाई स्वर्ण पदक जिताउन निर्णायक गोल बन्यो ।
उता यो हार ब्राजील र ब्राजिलियन लिजेण्ड मार्टाका लागि भने दुर्भाग्यपुर्ण रह्यो । ३८ वर्षिया मार्टाले यसअघि नै ओलम्पिक फुटबलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेकी थिईन् ।
आफ्नो अन्तर्राष्ट्रिय क्यारियरमा ब्राजीलका लागि एउटै मुख्य उपाधि जित्न नसकेकी मार्टाले ओलम्पिकमा स्वर्ण जितेर आफ्नो सन्यासलाई सुखद बनाउने सपना पनि अधुरै रहेको छ ।
Post Comments
Related News
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो