News कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं । नाईन स्टार फुटबल क्लब, दोहा, कतारको आयोजनामा जारी दशैं कप फुटबल प्रतियोगिताको पहिलो चरणमा सम्पन्न भएका खेलहरुबाट चार टोलीहरु क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

जसमा पेट्रो एफसी, नाईन स्टार क्लब, न्यु स्टार एफसी र एबी फुटबल क्लबले जित हात पार्दै अन्तिम आठको यात्रा तय गर्न सफल भएको खेल संयोजक प्रबिन राईले जानकारी दिए ।

पहिलो खेलमा पेट्रोले ड्यान्मो एफसीलाई ५–० को फराकिलो अन्तरले हरायो । दोस्रो खेलमा नाईन स्टार (निलो) ले रारा पूर्व एफसीलाई २–१ ले पराजित गर्यो ।

त्यस्तै तेस्रो खेलमा न्यु स्टारले लाखे ब्वाईज एफसीमाथि ३–० को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गर्दा चौथो खेलमा एबी ब्वाईजले रोयल एफसीमाथि ४–२ को जित हात पार्दै अन्तिम आठमा स्थान पक्का गर्यो ।

प्रतियोगिताको उद्घाटन भने कतारका लागि नेपालका कार्यवाहक राजदुत श्री कुमार राई लगायतले संयुक्त रुपमा गरेका थिए ।

प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । विजेताले उपाधिसहित नगद ३३३३ कतारी रियाल हात पार्नेछ भने उपविजेताले १८१८ कतारी रियाल प्राप्त गर्ने खेल संयोजक प्रबिन राईले जानकारी दिए । समापन भने अक्टोबर ३० तारीखका दिन हुनेछ ।

Post Comments