News
प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
काठमाडौं । माल्टामा आयोजित प्रथम ऐतिहासिक अन्तर्राष्ट्रिय आमन्त्रित मुकुम्लुङ कप २०२६ को उपाधि धरान सिटी एफसी पोर्चुगलले जितेको छ।
फाइनलमा धरान सिटी पोर्चुगलले झापा एफसीलाई ३–१ गोलले पराजित गर्दै उपाधि हात पारेको हो।
च्याम्पियन धरान सिटी पोर्चुगलले पुरस्कारस्वरूप ५,००३ युरो तथा उपविजेता झापा एफसीले २,५०३ युरो प्राप्त गरे।
किराँत याक्थुङ चुम्लुङ माल्टा तथा KYC फुटबल क्लब माल्टाको आयोजनामा सम्पन्न प्रतियोगितामा धरान सिटीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो। आयोजकले विजेता टोलीलाई बधाई दिँदै आगामी खेलयात्राका लागि शुभकामना व्यक्त गरेको छ।
Post Comments