News
फिफा क्लब विश्वकप शुरु, मियामी उद्घाटन खेलमै रोकियो

काठमाडौं (एजेन्सी) । अमेरिकामा शुरु भएको विश्व चर्चित फिफा क्लब विश्वकपको २१औं संस्करणतर्फ उद्घाटन खेलमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी सम्मिलित अमेरिकी क्लब इन्टर मियामी उद्घाटन खेलमै रोकिएको छ ।
समूह ए तर्फ मियामी मै भएको खेलमा घरेलु टोली इन्टर मियामीले इजिप्शियन क्लब अल अहलीसँग गोलरहित बराबरीमा रोकिएको हो । समूह ए मा यी दुई टोली बाहेक ब्राजीलको पाल्मिराज र पोर्चुगलको एफसी पोर्टो छन् । समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।
प्रतियोगितामा फिफा मातहत रहेका महासंघका कुल ३२ टोलीहरु सहभागि छन् । सहभागि टोलीहरुलाई आठ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । फाइनल आउँदो जुलाई १ तारीखका दिन हुनेछ । प्रतियोगिताको गत संस्करण इङलिस क्लब म्यानचेष्टर सिटीले जितेको थियो ।
Post Comments
Related News