News
फिफा क्लब विश्वकपः चेल्सीको पनि विजयी शुरुवात

काठमाडौं (एजेन्सी) । फिफा क्लब विश्वकपको पूरा विजेता समेत रहेको इङलिस क्लब चेल्सीले हाल अमेरिकामा जारी क्लब विश्वकपको २१औं संस्करणमा विजयी शुरुवात गरेको छ ।
समूह डी मा रहेको चेल्सीले आफ्नो पहिलो खेलमा अमेरिकी क्लब लस एन्जल्स एफसीलाई २–० ले हरायो । चेल्सीका लागि ३४औं मिनटमा पेड्रो नेटोले गोल गरे भने ७९औं मिनटमा एन्जो फर्नान्डेजले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।
समूह डी कै अर्को खेलमा ब्राजिलियन कलब फ्लमेङ्गोले ट्युनिसियन क्लब इस्परेन्स डि ट्युनिसलाई समान २–० को अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गर्न सफल भयो ।
समूह चरणको दोस्रो खेलमा जुन २० तारीखका दिन चेल्सीले प्mलमेङ्गोको सामना गर्नेछ भने सोही दिन लस एन्जल्सले इस्परेन्स डि ट्युनिससँग प्रतिस्पर्धा गर्नेछ ।
Post Comments
Related News
- फिफा क्लब विश्वकपःअल–हिलालद्वारा साविक विजेता सिटी नकआउट, मिलान पनि बाहिरियो
- कनकाफ गोल्डकपः आयोजक अमेरिका सेमिफाइनलमा, क्यानडा स्तब्ध
- फिफा क्लब विश्वकपः पिएसजी र बायर्न क्वाटरफाइनलमा
- एएफसी महिला एसियन कप छनौटः नेपाल कै समूहमा रहेको उज्वेकिस्तानको पनि फराकिलो जित
- कनकाफ गोल्डकपमा साउदीको चुनौति समाप्त, मेक्सिको र होण्डुरस सेमिफाइनलमा