चितवन । भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगियामा आजबाट दोस्रो चरणको खेलहरु सुरु भएको छ । दोस्रो चरण अन्तर्गत आज चार खेल सम्पन्न भएका छन् ।
प्रतियोगिता अन्तर्गत भरतपुर ७ कृष्णपुरको मैदानमा भएको खेलमा नेपाल पुलिस स्कुल विजयी भएको छ । उसले साविक विजेता अमर माविलाई हराएको हो ।प्रतिस्पर्धात्मक खेलमा पुलिस स्कुलले अमर माविलाई टाइब्रेकरमा पराजित गरेको हो ।
कृष्णपुरमा नै भएको अर्को खेलमा दुर्गा शेषकान्त मावि विजयी भएको छ । दुर्गाशेषकान्त माविले चितवन बोर्डिङलाई २-१ ले हराएको हो । यस्तै सुन्दरबस्तीमा भएको खेलमा भानु मावि विजयी भयो । भानुले ग्रीनल्याण्ड पब्लिक स्कुलाई ३-१ ले हरायो ।
उता रामवेल मैदानमा भएको खेलमा डन एकेडेमी विजयी भएको छ । डन एकेडेमीले जनप्रिय स्कुललाई २-० ले पाखा लगायो । आज जित हात पारेका सबै टोली क्वाटरफाइनल प्रवेश गरेका छन् । प्रतियोगितामा सोमबार पनि चार खेल हुनेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)