News ३८ औं गर्भनर्स गोल्डकप : मनाङले कलकत्तासँग भिड्ने
गोलनेपाल

सिक्किममा जारी ३८ औं अल इण्डिया गर्भनर्स गोल्डकप फुटबल प्रतियोगितामा नेपाली टोली मनाङ मस्र्याङ्दी क्लबले कलकत्ता कस्टम्सको सामना गर्ने भएको छ ।

शुक्रबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फको अन्तिम खेलमा कलकत्ता कस्टम्सले रेनबो एससीलाई पेनाल्टी शुटआउटमा ३–२ ले हराउँदै क्वाटरफाइनलमा मनाङसँगको भेट पक्का गरेको हो । यसअघि निर्धारित समयको खेल कलकत्ता र रेनबोले गोलरहित बराबरी खेलेका थिए ।

प्रतियोगितामा सोझै बाई पाएर क्वाटरफाइनलमा भिड्न लागेको मनाङले ३० अक्टुबर (आउँदो मंगलबार) कलकत्तासँग खेल्नेछ ।

प्रतियोगिता अन्तरगत आजदेखि क्वाटरफाइनल खेलहरु शुरु हुँदैछन् । जसअन्तरगत आज पहिलो क्वाटरफाइनलमा युनाइटेड सिक्किम र आर्मी (रेड) भिड्दैछन् ।

Post Comments
Advertisement Yamaha Nepal