News एआरडी बेलबारी र टाइगर एफसी सेमिफाइनलमा प्रवेश
गोलनेपाल

झापा। झापाको पाराबारीमा सञ्चालित प्रथम पाराबारी नकआउट फुटबल प्रतियोगिता २०८३ को दोस्रो दिन आज दुई क्वार्टरफाइनल खेल सम्पन्न भएका छन्। दुवै खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेका थिए।

आज सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा एआरडी बेलबारीले दुधे एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बेलबारीले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो। बेलबारीका लागि दिपेन घिमिरेले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए। निर्णायक प्रदर्शन गरेका दिपेन घिमिरे खेलको प्लेयर अफ द म्याच घोषित भए।

त्यस्तै, आजै सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा टाइगर एफसीले हल्दीबार एफसीलाई ४–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। गोलको वर्षा भएको खेलमा टाइगर एफसीले प्रभावशाली प्रदर्शन गर्दै जित आफ्नो पक्षमा पार्न सफल भयो। उत्कृष्ट प्रदर्शनका आधारमा टाइगर एफसीका युनिस मगर खेलको प्लेयर अफ द म्याच घोषित भए।

दुवै खेलका प्लेयर अफ द म्याचलाई प्रतियोगिताका प्रमुख अतिथि अर्जुन सुवेदीले पुरस्कार प्रदान गर्नुभएको थियो।

Post Comments