News चेल्सीलाई फिफा क्लब बिश्वकपको उपाधी
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अमेरिकामा सम्पन्न २१औं संस्करणको प्रतिष्ठित फिफा क्लब बिश्वकपको उपाधी इङ्लिस क्लब चेल्सीले जितेको छ ।

चेल्सी समग्रमा दोस्रोपटक फिफा क्लब च्याम्पियन बनेको हो । यसअघि लण्डन क्लबले सन २०२१ म पहिलोपटक यो उपाधी जितेको थियो ।

अमेरिकी शहर न्युयोर्क स्थित मेटलाईफ स्टेडियममा सम्पन्न फाइनलमा चेल्सीले युरोपियन क्लब च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३-० ले हराउँदै दोस्रोपल्ट उपाधी जित्न सफल भएको हो ।

चेल्सीका लागि खेलको २२ र ३०औं मिनेटमा कोल पाल्मरले शुरुवाती दुई गोल गरेका थिए । त्यस्तै ४३औं मिनेटमा जोआओ पेड्रोले तेस्रो गोल गर्दै चेल्सीको जित पहिलो हाफ मै पक्का गरेका थिए ।

उता खेलको अन्तिमतिर पिएसजी दस खेलाडीमा समेत सिमित हुन पुग्यो । खेलको ८५औं मिनेटमा जोआओ नेभेजले रातो कार्ड खाँदै मैदान छाड्दा फ्रेन्च क्लब दस खेलाडीमा खुम्चियो । यद्यपि खेलमा थप गोल भने हुन सकेन र चेल्सी विजयी बन्यो ।

विजेता बनेको चेल्सीले फिफा क्लब बिश्वकपको उपाधी सहित ४० मिलियन अमेरिकी डल्र समेत हात परेको छ ।

 

Post Comments