News साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालको दोस्रो जित
गोलनेपाल

काठमाडौं । बंगलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपतर्फ नेपालले आफ्नो तेस्रो खेलमा दोस्रो जित दर्ता गरेको छ । मंगलबार राती सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ७–० को जित निकाल्दै दोस्रो जित हात पारेको हो ।

नेपालको जितमा मिना देउवाले ह्याट्रिक गरीन् भने पूर्णिमा राईको नाममा दुई गोल रह्यो । त्यस्तै थप दुई गोल भने समिक्षा मगर र सरीता नाथले गरीन् । यो जितले प्रतियोगितामा नेपाली खेलाडीहरुलाई थप हौसला मिलेको छ ।

केही दिन अघि मात्र घरेलु टोली बंगलादेशससँग ३–२ ले पराजित हुन पुगेको नेपालले थप तीन खेल खेल्न बाँकी छ । मंगलबारको नतिजासँगै पहिलो लेगका खेलहरु समेत सम्पन्न भएका छन् ।

तीन खेलबाट ९ अंक जोडेको अपराजित बंगलादेश शिर्ष स्थानमा छ । त्यस्तै ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ भने ३ अंकका साथ भुटान तेस्रो स्थानमा छ । अंकविहीन श्रीलmंका भने पुछारमा छ ।

प्रतियोगितामा आयोजक बंगलादेश, भुटान, नेपाल र श्रीलंका गरी दक्षिण एसियाका चार टोलीहरु मात्र सहभागि छन् । डबल राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको शिर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

Post Comments