
कञ्चनपुर । महेन्द्रनगर युनाइटेड, कञ्चनपुरको आयोजनामा प्रथम युनाइटेड कप खुला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
महेन्द्रनगरको खुलामञ्चमा यहि माघ १२ गतेदेखि शुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भएको खेल संयोजक महेन्द्र चन्दले जानकारी दिए । कञ्चनपुुर जिल्ला फुटबल संघ र सुदुरपश्चिम प्रदेश फुटबल संघको प्राविधिक र विशेष सहयोग रहने प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाउने संयोजक चन्दले बताए ।
जिल्लामा फुटबल गतिविधीलाई सक्रिय बनाउन तथा स्थानीय क्लब र खेलाडीहरुलाई फुटबलमा अवसर प्रदान गर्नका लागि नै प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष राजेश चन्दले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने समेत अध्यक्ष राजेश चन्दले बताए । साथै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष चन्दले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल माघ २० गतेका दिन हुनेछ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै