News
साफ यु–१७ च्याम्पियनसिपमा नेपालको प्रतिद्वन्द्वी श्रीलंका र बंगलादेश
काठमाडौ. । श्रीलंकामा यसै वर्ष हुन गईरहेको साफ यु–१७ च्यामिपयनसिपतर्फ नेपाल समूह ए मा परेको छ । आइतबार निकालिएको ड्र अनुसार नेपालसँगै आयोजक श्रीलंका र बंगलादेश समूह ए मा परेका हुन् ।
त्यस्तै समूह बी मा साविक विजेता भारतसँगै पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् । प्रतियोगिता आउँदो सेप्टेम्बर १५ देखि २७ तारीखसम्म श्रीलंकाको राजधानी कोलम्बोमा हुनेछ ।
स्मरण रहोस, प्रतियोगिताको गत संस्करणको फाइनलमा भारतले बंगलादेशलाई २–० ले हराउँदै छैटौंपटक उपाधि जित्न सफल भएको थियो । नेपाल भने सेमिफाइनलमा भारतसँगै पराजित भएको थियो ।
Post Comments