सुन्दरनगर । रुपन्देहीमा जारी प्रथम सुर्यमुखी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगितामा बसन्त फुलबारी एफसी, विश्व शान्ति युवा क्लब र हिमालय फुटबल क्लबले जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
रुपन्देहीको कञ्चन गाउँपालिका–१ स्थित सुन्दरनगर खेलमैदानमा सम्पन्न पहिलो खेलमा बसन्त फुलबारीले भैंसही युवा क्लबलाई १–० ले हरायो । खेलमा बसन्त फुलबारीका शम्भु जिएम म्यान अफ दि म्याच बने ।
दोस्रो खेलमा विश्व शान्तिले हिमालय सामुदायिक विकास केन्द्र (बी) लाई समान १–० को अनतरले पराजित गर्यो । खेलमा विश्व शान्तिका सुशान्त जिएम म्यान अफ दि म्याच घोषित भए ।
दिनको अन्तिम तथा तेस्रो खेलमा हिमालयले मनोभाव फुटबल क्लबलाई २–० ले पराजित गर्यो । खेलमा हिमालयका मनोज क्षेत्री म्यान अफ दि म्याच चुनिए ।
सुर्यमुखी युवा क्लब, कञ्चन गाउँपालिका–१, सुन्दरनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २०,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक रबिन थापाले जानकारी दिए । फाइनल खेल साउन १४ गतेका दिन हुनेछ ।