News निर्णायक खेलमा नेपाल निराश, बंगलादेशलाई उपाधि
गोलनेपाल

काठमाडौं । निर्णायक मानिएको खेलमा नेपाल निरीह बनेपछि सोमबार सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि आयोजक बंगलादेशले जितेको छ ।

ढाका स्थित बसुन्धरा किंग्स स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोली बंगलादेशससँग ०–४ को हार बेहोर्न पुग्यो । बंगलादेशको जितमा चारै गोल सगोरिकाले गरिन् ।

सोमबारको खेलमा नेपाललाई जित्नै पर्ने दबाब थियो भने बंगलादेशलाई बराबरी गरे पनि प्रर्याप्त हुने थियो । यो नतिजापछि ६ खेलबाट ६ जितसहित शतप्रतिशत नतिजाका साथ १८ अंक जोडेर बंगलादेश शिर्ष स्थानमा रह्यो । र, उपाधि जित्न सफल भयो ।

डबल राउण्ड रोबिन लिगका आधारमा भएको प्रतियोगितातर्फ नेपालले पहिलो लेगको खेलमा पनि बंगलादेशससँग २–३ को हार बेहोरेको थियो । त्यस्तै ६ खेलबाट १२ अंक जोडेको नेपाल दोस्रो स्थानमा रह्यो । ६ अंक जोडेको भुटान तेस्रो स्थानमा रहँदा अंकविहीन श्रीलंका पुछारमा रह्यो ।

Post Comments