News उत्कृष्ट जितका साथ भुटानको सुखद समापन
गोलनेपाल

काठमाडौं । लिग चरणको आफ्नो अन्तिम खेलमा उत्कृष्ट जित हात पार्दै भुटानले जारी साफ यु-२० महिला च्याम्पियनसिपमा सुखद समापन गरेको छ ।

सोमबार श्रीलंका विरुद्धको दोस्रो लेगको खेलमा भुटानले ५-० को प्रभावशाली जित हात पार्यो । भुटानले पहिलो लेगको खेलमा पनि श्रीलंकालाई समान ५-० कै अन्तरले हराएको थियो ।

यो नतिजापछी ६ खेलबाट ६ अंक जोडेको भुटान तेस्रो स्थाना रहँदै प्रतियोगिता सुखद रुपमा समापन गर्न सफल भयो । अंकविहीन श्रीलंका भने पुछार मै रह्यो ।

नेपाल र बंगलादेश बीच भने सोमबार बेलुका नै निर्णायक खेल हुँदैछ । उपाधी जित्न नेपाललाई निश्चित जितको खाँचो छ भने बंगलादेशलाई बराबरी गरे पनि प्रयाप्त हुनेछ ।

Post Comments