News
चर्च ब्वाईजसँग पुलिस स्तब्ध
काठमाडौं । जारी एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितातर्फ बुधबार भएको दिनको तेस्रो तथा अन्तिम खेलमा चर्च ब्वाईज युनाइटेडले शानदार जित दर्ता गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मै भएको खेलमा चर्च ब्वाईजले लिगलिडर तथा विभागीय टोली नेपाल पुलिस क्लबमाथि ५–० को शानदार जित हात पार्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भएको हो ।
यो जितपछि ८ खेलबाट १३ अंक जोडेको चर्च ब्वाईज लिगतालिकाको छैटौं स्थानमा उक्लेको छ । उता पराजित पुलिस क्लब भने १९ अंकका साथ शिर्ष स्थान मै कायम छ । र, १८ अंकका साथ दोस्रो स्थानमा रहेको संकटासँगको दुरी बढाउन असफल भएको छ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”