News चर्च ब्वाईजसँग पुलिस स्तब्ध
गोलनेपाल

काठमाडौं । जारी एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितातर्फ बुधबार भएको दिनको तेस्रो तथा अन्तिम खेलमा चर्च ब्वाईज युनाइटेडले शानदार जित दर्ता गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मै भएको खेलमा चर्च ब्वाईजले लिगलिडर तथा विभागीय टोली नेपाल पुलिस क्लबमाथि ५–० को शानदार जित हात पार्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भएको हो ।

यो जितपछि ८ खेलबाट १३ अंक जोडेको चर्च ब्वाईज लिगतालिकाको छैटौं स्थानमा उक्लेको छ । उता पराजित पुलिस क्लब भने १९ अंकका साथ शिर्ष स्थान मै कायम छ । र, १८ अंकका साथ दोस्रो स्थानमा रहेको संकटासँगको दुरी बढाउन असफल भएको छ ।

Post Comments