News
कञ्चनपुरमा १५औं रनिङ चाँदीकप हुने
पुनर्वास । सिद्धार्थ खेलकुद विकास समिति, पुनर्वास–७, कञ्चनपुरको आयोजनामा कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रकै प्रतिष्ठित मानिएको १५औं रनिङ चाँदीकप फुटबल प्रतियोगिता हुने भएको छ ।
सिद्धार्थ युवा क्लबको खेलमैदानमा आउँदो असोज ३ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको भौतिक, प्राविधिक लगायतका आवश्यक तयारीहरु पनि शुरु गरिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको पुरस्कार राशी लगायतका अन्य विवरणहरु छिटै आधिकारिक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईने समेत आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ । साथै प्रतियोगिताका सबै खेलहरु गोलनेपालले प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
Post Comments
Related News
- आयोजक अरनिको युवा क्लब लगातार दोस्रोपटक अरनिको सैनिक कपको विजेता
- भानु युवा क्लब सातौं अरनिको सैनिक कपको फाइनलमा
- आयोजक अरनीको युवा क्लब लगातार दोस्रोपटक फाइनल खेल्दै
- भानु युवा क्लब र पुनर्वास नगरपालिका-३ सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा प्रवेश
- सुदूरपश्चिम प्रदेश प्रहरी र अरनीको युव कञ्चनपुर सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा