News एपिएफले भारतमा इन्डिपेन्डेन्स शिल्ड खेल्दै
गोलनेपाल

काठमाडौं । नेपालको विभागीय टोली एपिएफ फुटबल क्लबले भारतमा यही जुलाई ३० तारीख बुधबारदेखि शुरु हुन गईरहेको इन्डिपेन्डेन्स शिल्ड फुटबल प्रतियोगिता खेल्ने भएको छ ।

भारतको स्वतन्त्रता दिवसको अवसर पारी कालिम्पोङ स्पोर्टस एसोसिएशनको आयोजनामा यही जुलाई ३० देखि १५ अगस्तसम्म हुने प्रतियोगितामा एपिएफले खेल्ने तय भएको हो ।

प्रतियोगितामा सोझै बाई पाएर क्वाटरफाइनलमा पुगेको एपिएफले ७ अगस्त (२२ साउन गते) का दिन खेल्ने कार्यक्रम छ । स्मरण रहोस, नेपाल कै सुपर लिग क्लब पोखरा थन्डर्सले पनि सिक्किमको गाङतोकमा अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिता खेल्ने तय भईसकेको छ ।

 

Post Comments