काठमाडौं । भारतको जमशेदपुरमा जारी प्रतिष्ठित १३४औं डुरान्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा सहभागिता जनाईरहेको त्रिभुवन आर्मी फुटबल क्लबले आफ्नो समूहमा पहिलो अंक जोडेको छ ।
समूह सी मा रहेको आर्मीले आफ्नो दोस्रो खेलमा वान लदाख फुटबल क्लबसँग १–१ को बराबरी खेल्दै अंक जोडेको हो । खेलको २२औं मिनटमा सिजुको गोलबाट लदाखले खेलमा अग्रता बनाएको थियो । यद्यपि ४१औं मिनटमा निराजन धामीले आर्मीका लागि बराबरी गोल फर्काएका थिए ।
यो नतिजापछि आर्मीको नकआउट चरणमा प्रवेश गर्ने झिनो सम्भावना भने कायम छ । आर्मीले आफ्नो पहिलो खेलमा घरेलु टोली जमशेदपुर एफसीसँग ३–२ को हार बेहोरेको थियो । शनिबारको नतिजापछि २ खेलबाट ६ अंक जोडेको जमशेदपुर शिर्ष स्थानमा छ । समान १–१ अंक जोडेका लदाख र आर्मी भने क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अंहविहीन इण्डियन आर्मी पुछारमा छ ।
समूह चरणको आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मीले ५ जुलाईका दिन इण्डियन आर्मीसँग खेल्नेछ । त्यो खेलमा आफू अनुकुल नतिजा निकाल्न सके त्रिभुवन आर्मीले कम्तीमा उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने टोलीका रुपमा नकआउट चरणमा प्रवेश गर्ने झिनो सम्भावना कायम रहनेछ ।
प्रतियोगितामा सहभागि २४ टोलीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष टोली र उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने दुई टोलीहरु नकआउट चरणमा प्रवेश गर्नेछन् ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल