हेटौडा । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार फरवार्ड सावित्रा भण्डारी मकवानपुरमा सम्मानित भएकी छन् । साबित्रालाई सञ्चारिका समूह नेपाल मकवानपुरले एक कार्यक्रमको आयोजना गरी नगदसहित सम्मानित गरेको हो ।
नेपाली फुटबलमा साबित्राको योगदान र फुटबलको माध्यमबाट अन्तर्राष्ट्रिय स्तर मै नेपाल र नेपालीहरुको नाम उच्च राख्न महत्वपूर्ण योगदान दिएको भन्दै सञ्चारिका समूहले नगद ५० हजार, सम्मानपत्र र खादा ओढाई साबित्रालाई सम्मानित गरेको हो ।
सम्मान कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रधानाध्यापक पुरनबहादुर जोशी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र सञ्चारिका समूह मकवानपुरका अध्यक्ष निशा गुरुङले संयुक्त रूपमा कप्तान साम्बालाई सम्मान गरेका थिए ।
सम्मानित भएपछि साबित्राले धन्यवादसहित खुशी व्यक्त गर्दै फुटबलमा लागेर आफूले पाएको यस्ता सम्मानहरुले गर्दा नै थप अगाडी बढ्ना र सफलता हात पार्न प्रोत्साहन मिलेको बताईन् । साथै उनले आउने दिनहरुमा पनि नेपाली फुटबल र देशका लागि सफलता हात पार्न सक्दो प्रयास गर्ने समेत बताईन् ।
स्मरण रहोस, साबित्रा केही समय लगतै व्यवसायिक फुटबल खेल्न न्युजिल्याण्ड जाने कार्यक्रम छ । उनले न्युजिल्याण्डको व्यवसायीक क्लब वेङिटन फोएनिक्सबाट अष्ट्रेलियाको शिर्ष महिला लिग खेल्नेछिन् । साबित्राले गत संस्करण फ्रान्सको शिर्ष महिला लिगमा गुइनग्याम्पका लागि खेलेकी थिईन् ।