News बेल्जियममा नेपाली कम्युनिटीहरु बीच आन्टवेर्प कप हुँदै
गोलनेपाल

काठमाडौं । आन्टवेर्प गाईज नेपाल, बेल्जियमको आयोजनामा यही अगस्त २५ तारीखका दिन युरोपमा रहेका नेपाली समुदायका खेलाडीहरुबीच आन्टवेर्प कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

युरोपमा रहेका प्रवासी नेपालीहरु बीच हुने फुटबल प्रतियोगिताहरुमा सर्वाधिक पुरस्कार राशी मध्ये एकका रुपमा रहेको आन्टवेर्प कपको कुल पुरस्कार राशी ८५०० युरो रहेको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६००० युरो हात पार्नेछ भने उपविजेताले २००० युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments