News
संकटामा आवद्ध भईन पूर्णिमा
काठमाडौं । नेपालको पुरानो, चर्चित र सफल क्लब मध्ये एक संकटा फुटबल क्लबले नेपाली युथ महिला फुटबल टोलीकी उदाँउदी फरवार्ड पूर्णिमा राईलाई अनुवन्ध गरेको छ ।
बंगलादेशमा हालै सम्पन्न साफ यु-२० महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेकी पूर्णिमालाई नयाँ सिजनका लागि संकटाले अनुवन्ध गरेको हो ।
पूर्णिमाले एक कार्यक्रमकाबीच क्लबसँग सम्झौतापत्रमा हस्ताक्षर गरिन । सो अवसरमा संकटा क्लबका महासचिव रमेश ध्वज बस्नेत, कोषाध्यक्ष रवी बज्राचार्य र सचिव आशिष मान सिंहको पनि उपस्थिति रहेको थियो ।
Post Comments
Related News