
हेटौडा । हेटौंडाको हुप्रचौरमा भएको छैटौं हेटौडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिताको उपाधि बगरभाइ खलक पोखराले जित्न सफल भएको छ ।
शनिबार भएको फाइनल खेलमा प्रतियोगिताको साविक विजेता समेत रहेको बगरभाइले सानो गौचरन नाईट किङ भेट्रान्सलाई १–० ले हराउँदै उपाधि माथि कब्जा जमाएको हो ।
बगरभाईका जितमा दोस्रो हाफतर्फ ४०औं मिनटमा मनोज गुरुङले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो । फाइनल खेलको म्यान अफ द म्याच बगरभाईकै नरेश श्रेष्ठ घोषित भए ।
विजेता बनेको बगरभाईले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता सानो गौचरनले ५१,१,११ रुपैयाँमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महत र बागमती प्रदेश प्रहरी प्रमुख बसन्त लामाले नगद, शिल्ड र प्रमाण पत्र सहित पुरस्कृत गरेका थिए ।
व्यक्तिगत विधातर्फ बगरभाई कै वर्चश्व
प्रतियोगिताको व्यक्तिगत विधातर्फ पनि बगरभाई कै खेलाडीहरुको वर्चश्व रह्यो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बगर भाईका दिलिप क्षेत्री घोषित भए भने उत्कृष्ट डिफेन्डर सानो गौचरनका चुन बहादुर थापा चुनिए ।
त्यस्तै उत्कृष्ट मिडफिल्डर बगरभाई कै राजकुमार केसी घोषित भए भने उत्कृष्ट फरवार्ड पनि बगरभाई कै मनोज गुरुङ घोषित भए । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि बगरभाई कै ईश्वर गुरुङ चुनिए ।
त्यस्तै उत्कृष्ट प्रशिक्षक बगरभाईका अन्जन देवकोटा घोषित भए । हेटौटा भेट्रान्स क्लबको आयोजनामा भएको प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुले ट्रफी सहित नगद ५–५ हजार हात पारे ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा