काठमाडौं । बुधबारदेखि भुटानमा शुरु भएको एएफसी यु–२० महिला एसियन कप छनौट प्रतियोगितातर्फ नेपालले समूह चरणको आफ्नो खेलमै निराशाजनक बराबरी खेलेको छ ।
थिम्पुमा सम्पन्न खेलमा नेपालले भरेलु टोली भुटानसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको शुरु भएको पहिलो मिनट मै सेनु परियारको गोलबाट नेपालले अग्रता बनाए पनि त्यो अग्रतालाई कायम राख्न सकेन ।
उता घरेलु समर्थकहरुको बलियो साथ पाएको भुटानले बराबरी गोलका लागि धेरै समय पर्खनु परेन । खेलको १८औं मिनटमा केल्देन वाङ्मोले भुटानका लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएकी थिईन् ।
खेल अवधिभर दुवै टोलीले थप गोलको प्रयास गरे तापनि सफल भएनन् । नेपालले आफ्नो दोस्रो खेल ८ अगस्त शुक्रबारका दिन साउदी अरेयिबासँग खेल्नेछ । सोही दिन भुटानले बलियो उत्तर कोरियाको सामना गर्नेछ । स्मरण रहोस, बुधबार नै भएको समूह चरणको पहिलो खेलमा उत्तर कोरियाले साउदी अरेबियालाई १५–० को फराकिलो अन्तरले हराएको थियो ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल