News नेपालको कठिन जित, कठिन सम्भावना
गोलनेपाल

काठमाडौं । भुटानमा जारी एएफसी यु–२० महिला एसियन कप छनौट प्रतियोगितातर्फ नेपालले महत्वपूर्ण मानिएको आफ्नो दोस्रो खेलमा कठिन जित हात पारेको छ ।

छनौट प्रतियोगिता अन्तर्गत समूह ए तर्फको आफ्नो दोस्रो खेलमा नेपालले तुलनात्मक रुपमा कमजोर आँकिएको नयाँ प्रतिद्वन्द्वी साउदी अरेबियालाई १–० को साँघुरो अन्तरले हराएको हो ।

भुटानको राजधानी थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपाललाई जित हात पार्न अन्तिम समयसम्म संघर्ष गर्नुपर्यो । खेलको शुरुवाती मै मिना देउवाले पेनाल्टी चुकाउन नेपाली टोलीका लागि दुर्भाग्यपुर्ण रह्यो । खेलको यद्यपि खेलको ८९ सुक्रिया मियाले गरेको एक मात्र गोल नेपाललाई जित दिलाउन निर्णायक गोल बन्यो ।

नेपालले आफ्नो पहिलो खेलमा भरेलु टोली भुटानसँग १–१ को बराबरी खेलेको थियो भने साउदी अरेबियाले बलियो उत्तर कोरियासँग ०–१५ को फराकिलो हार बेहोरेको थियो । समूह चरणको अन्तिम तथा निर्णायक खेलमा नेपालले आइतबार उत्तर कोरियासँग खेल्नेछ भने सोही दिन साउदीले भुटानको सामना गर्नेछ ।

शुक्रबारको नतिजापछि दुई खेलबाट ४ अंक जोडेको नेपाल तत्कालका लागि समूह ए को शिर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेल्दै ३ अंक जोडेको उत्तर कोरिया दोस्रो स्थानमा रहँदा १ अंकका साथ भुटान तेस्रो स्थानमा छ । अंकविहीन साउदी भने पुछारमा छ ।

छनौट प्रतियोगितामा सहभागि कुल ८ समूहको शिर्ष टोलीहरु सोझै अर्को वर्ष हुने एएफसी यु–२० महिला एसियन कपका लागि छनौट हुनेछन् भने उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने तीन टोलीहरुले पनि एसियन कपमा स्थान बनाउन अवसर पाउने छन् । आयोजक थाइल्याण्ड भने आयोजक कै हैसियतले यसअघि नै छनौट भईसकेको छ ।

Post Comments