News आर्मीका लागि खेल्दै साबित्राको एपिएफ विरुद्ध गोल
गोलनेपाल

काठमाडौं । हाल नेपाल बसाईका क्रममा पनि फुटबलमा व्यस्त रहेकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड साबित्रा भण्डारीले आफ्नो पूर्व क्लब एपिएफ विरुद्ध शुक्रबार मैदानमा उत्रिएकी छिन् ।

एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको छनौट प्रतियोगिता खेल्ने तयारीमा रहेको आफ्नै पूर्व क्लब एपिएफ विरुद्ध साबित्राले त्रिभुवन आर्मी फुटबल क्लबका लागि खेलेकी हुन् ।

आर्मी र एपिएफ विरुद्धको उक्त खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो । खेलमा आर्मीका लागि साबित्राले गोल समेत गरीन् । आर्मीको तर्फबाट साबित्रा बाहेक अर्को एक गोल जेनिफर रानाले गरेकी थिईन् ।

स्मरण रहोस, एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको छनौट प्रतियोगितातर्फ समूह बी मा रहेको एपिएफले थाइल्यान्डको कलेज अफ एसियन स्कलर, उज्वेकिस्तानको पिएफसी नासाफ र साउदी अरेवियाको अल नासरसँग खेल्ने कार्यक्रम छ ।

उता साबित्राले भने यसै सिजन न्युजिल्याण्डको व्यवसायिक क्लब वेलिङटन फोएनिक्सका लागि अष्ट्रेलियाको शिर्ष महिला लिग खेल्ने तय भइसकेको छ । र, छिटै त्यसतर्फ प्रस्थान गर्ने समेत बताइएको छ ।

तस्विर सौजन्यः Tribhuwan Army Football Fans Club Family

 

Post Comments