News भारत र बंगलादेश एएफसी यु–२० महिला एसियन कपका लागि छनौट
गोलनेपाल

काठमाडौं (एजेन्सी) । दक्षिण एसियाका दुई टोली भारत र बंगलादेश अर्को बर्ष थाइल्याण्डमा हुने एएफसी यु–२० महिला एसियन कपका लागि छनौट भएका छन् ।

भारत समूह डी को विजेताका रुपमा र बंगलादेश समूह एचबाट उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने टोलीका रुपमा एएफसी यु–२० महिला एसियन कपका लागि छनौट भएका हुन् ।

समूह डी को आफ्नो अन्तिम खेलमा भारतले आयोजक म्यानमारलाई १–० ले हराउँदै तीन खेलबाट ७ अंक जोड्दै समूह विजेताका रुपमा एसियन कपका लागि छनौट हुन सफल भयो ।

अन्तिम खेलमा तुर्कमेनिस्तानले ४–० ले हराएको इण्डोनेसिया कुल ५ अंकका साथ समूह डी को दोस्रो स्थानमा रह्यो । ४ अंक जोडेको आयोजक म्यानमार तेस्रो स्थानमा रहँदा अंकविहीन तुर्कमेनिस्तान पुछारमा रह्यो । समूह डी बाट इण्डोनेसिया, म्यानमार र तुर्कमेनिस्तान बाहिरिए ।

त्यस्तै समूह एचमा रहेको बंगलादेश आफ्नो अन्तिम खेलमा दक्षिण कोरियासँग ६–१ ले पराजित हुन पुग्यो । सोही समूहको अर्को खेलमा लाओसले टिमोर लिस्टेलाई २–० ले हरायो । लाओस र टिमोर लिस्टे भने समूह चरणबाटै बाहिरिए ।

यो नतिजापछि ३ खेलबाट ९ अंक जोडेको दक्षिण कोरिया शिर्ष स्थानमा रह्यो । ६ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा रह्यो र दक्षिण कोरियासँगै यु–२० महिला एसियन कपका लागि छनौट भयो । त्यस्तै ३ अंक जोडेको समूह एचको आयोजक लाओस तेस्रो स्थानमा रहँदा टिमोर लिस्टे अंकविहीन रुपमा पुछारमा रहँदा प्रतियोगिताबाट बाहिरियो ।

स्मरण रहोस, उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने तीन टोलीहरु मध्ये बंगलादेश बाहेक समूह सी बाट चाइनिज ताइपेई र समूह जीबाट जोर्डनले अर्को वर्ष हुने एएफसी यु–२० महिला एसियन कपका लागि छनौट भएका छन् ।

Post Comments