विदेशी खेलाडीसहित मैदान उत्रिएको सिराहाको सलहेश युवा क्लब दोस्रोपटक ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
भानुजन माविको मैदामा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा झापाको रेड स्टार फुटबल क्लबमाथि २-० गोलका स्पष्ट नतिजा निकालेर सलहेश उपाधि नजिक पुगेको हो ।
गतवर्षको संस्करणमा पनि सलहेश फाइनल पुगेर उपविजेतामा समेटिएको थियो । सलहेशको फाइनल यात्रामा अफ्रिकन खेलाडी युसुम मलिकले नै दुवै गोल गरेका हुन् । खेलको १३औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका युसुफले खेलको ४८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा नाम दर्ता पनि गराएका छन् । खेलको प्लेयर अफ दी म्याच सलहेशका गोलकर्ता युसुफ बने । उनले नगद ७ हजार पाए ।
पहिलो खेलमा पनि दुई गोल नै गरेका युसुफ दोस्रोपटक प्लेयर अफ दी म्याच बनेका हुन् । जितसँगै सलहेशले ललितपुरको चर्च ब्वाइज युनाइटेड एफसीसँग शनिबार उपाधिका लागि फाइनल खेल खेल्नेछ । तेस्रो सस्करणको च्याम्पियन टोलीले नगद ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ सहित ट्रफी पाउने छ ।
लाखे जात्रा सञ्चालन समितिले आयोजना गरेको गोल्डकपको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छ भने अन्य विधागत पुरस्कारको व्यवस्था पनि रहेको जनाइएको छ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई