News नेत्र गुरागाइ स्मृती गोल्डकपमा बिहीबार अन्तिम प्रि क्वाटर फाइनल र पहिलो क्वाटर फाइनल खेल सम्पन्न
गोलनेपाल

म्याङलुङ । म्याङलुङ रंगशालामा जारी नेत्र गुरागाई स्मृति गोल्ड कप अन्तर्गत बिहिबार अन्तिम प्री क्वाटर फाइनल खेलमा एपिएफ पकली सुनसरी र भाउन्ने युथ क्लब मोरङ बीचको खेल निर्धारित समयसम्म गोल रहित बराबरीमा टुङ्गिएपछि उक्तखेलको निर्णय पेनाल्टी सुट आउट मार्फत निकालिएको हो। पेनाल्टी सुटआउटमा भाउन्ने युथ क्लब लाई एकका विरुद्ध तीन गोलले हराउँदै एपीएफ पकली सुनसरी क्वाटर फाइनलमा प्रवेश गरेको छ।

बिहिबार सम्पन्न दोस्रो तथा प्रतियोगिताको पहिलो क्वाटर फाइनल खेलमा आयोजक चुटान युथ क्लबलाई
पेनाल्टी सुटआउटमा तिनका विरुद्ध चार गोल गर्दै कुम्मायक युथ क्लब पाँचथर सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोलीबाट कुनै पनि गोल हुन नसकेपछि उक्त खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो।

शुक्रबार पनि दुई क्वाटर फाइनल खेल हुनेछन्। पहिलो क्वार्टर फाइनल खेल डिफेन्डिङ च्याम्पियन बि बि सि म्याङ्लुङ र यलम्बर युवा क्लब पाँचथर दिनको ठिक १२ः३० बजे खेल्नेछन् भने दोस्रो खेल नेपाल प्रहरी बिराटनगर र इटहरी फुटबल क्लब बीच दिनको ठिक दुई तिस बजे प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन बि बि सी तेह्रथुम सहित पूर्वका विभिन्न जिल्लाका चर्चित क्लबहरूको सहभागिता रहेको छ ।

प्रत्येक वर्ष कृष्ण जन्म अष्टमी तथा लाखे जात्राको अवसरमा आयोजना हुने प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ सहित ट्रफि मेडल र प्रमाण पत्र र उपविजेताले १ लाख ११ हजार १११ सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक म्याङलुङ स्पोर्टिङ क्लबका खेल संयोजक राजाहाङ पिरती सुब्बाले जानकारी दिएका छन्

Post Comments