News
एन्फा महिला लिग छनौटः संकटाको पनि विजयी शुरुवात
काठमाडौं । बिहीबारदेखि शुरु भएको एन्फा महिला लिग छनौट फुटबल प्रतियोगिता अन्तर्गत संकटा फुटबल क्लबले पनि विजयी शुरुवात गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा संकटाले नेपाल खेलकुद क्लबलाई १–० ले हराउँदै विजयी शुरुवात गरेको हो । संकटाको जितमा यशोदा शाहीले एक मात्र निर्णायक गोल गरिन् ।
स्मरण रहोस, बिहीबार नै सम्पन्न प्रतियोगिताको पहिलो र उद्घाटन खेलमा छहारी युथ क्लबले एफसी रियलेलाई ३–० को अन्तरले हराउँदै आफ्नो खातामा तीन अंक जोडेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु छनौट प्रतियोगितामा कुल १४ टोलीहरु सहभागि छन् । छनौट प्रतियोगिताबाट कुल पाँच टोलीहरु एन्फा महिला लिगका लागि छनौट हुनेछन् ।
Post Comments