News
रोनाल्डोको टिम अल-नसर भारत आउने
काठमाडौं (एजेन्सी) । एसियाली क्लब फुटबलको प्रतिष्ठित एएफसी च्याम्पियन्स लिग टु तर्फ यस सिजन भारतीय क्लब एफसी गोवा र पोर्चुगिज सुपरस्टार क्रीस्टियानो रोनाल्डोको टोली अल-नासर एउटै समूह डी मा परेका छन ।
शुक्रबार निकालिएको ड्र अनुसार गोवा र अल-नासर बाहेक समूह डी मा ताजिकिस्तानको स्टिकलोल र इराकी क्लब अल-जावरा पनि रहेको छ ।
यो ड्र सँगै रोनाल्डोको भारत आउने चर्चा समेत चुलिएको छ । होम एन्ड अवे म्याचका आधारमा हुने समूह चरणको खेलतर्फ अल-नासर अवे म्याच खेल्न भारत आउनेछ । जहाँ धेरैको नजर रोनाल्डो आउनेतर्फ नै अडिनेछ ।
यद्यपि रोनाल्डो भारत आउने वा नआउने यसबारे भने आगामी दिन मै थाहा हुनेछ । च्याम्पियन्स लिग टु को समूह चरणका खेलका सेप्टेम्बरदेखि शुरु हुँदैछन ।
Post Comments
Related News