News
महिला लिग छ्नौटमा अरएस रिसोर्टको साँघुरो जित
काठमाडौं । एन्फा महिला लिग छ्नौट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा आरएस रिसोर्ट एन्द बिच फुटबलले पनि विजयी शुरुवात गरेको छ ।
छ्नौट प्रतियोगिताको समूह ए तर्फको खेलमा आरएस रिसोर्टले राप्ती फुटबल क्लबलाई १-० को साँघुरो अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा आरएस रिसोर्टका लागि इशा चौधरीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु छनौट प्रतियोगितामा कुल १४ टोलीहरु सहभागि छन् । छनौट प्रतियोगिताबाट कुल पाँच टोलीहरु एन्फा महिला लिगका लागि छनौट हुनेछन् ।
Post Comments
Related News