News
एन्फा महिला लिग छनौटः बुटवल लुम्बिनीको पनि विजयी शुरुवात
काठमाडौं । यहाँ जारी एन्फा महिला लिग छनौट फुटबल प्रतियोगिता अन्तर्गत बुटवल लुम्बिनी फुटबल क्लबले पनि आफ्नो समूहमा विजयी शुरुवात गरेको छ ।
समूह बी मा रहेको बुटवल लुम्बिनीले आफ्नो पहिलो खेलमा शुक्रबार लम्की फुटबल एण्ड ट्रेनिङ सेन्टरलाई १–० को अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बुटवल लुम्बिनीका लागि करुणा परियारले एक मात्र निर्णायक गोल गरिन् ।
स्मरण रहोस, समूह बी मा बुटवल लुम्बिनी र लम्की बाहेक एनआरटी, संकटा, एनएमबी पोखरा गल्र्स एफसी, झापा एफसी र नेपाल खेलकुद क्लब रहेका छन् ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा शुरु छनौट प्रतियोगितामा कुल १४ टोलीहरु सहभागि छन् । छनौट प्रतियोगिताबाट कुल पाँच टोलीहरु एन्फा महिला लिगका लागि छनौट हुनेछन् ।
Post Comments
Related News