म्याङलुङ । तेह्रथुमको म्याङलुङमा लाखेजात्राको अवसरमा आयोजित नेत्र गुरागाइ स्मृती गोल्डकपमा शुक्रबार दुई क्वाटर फाइनल खेल सम्पन्न भएका छन् ।
म्याङलुङ रंगशालामा जारी नेत्र गुरागाई स्मृति गोल्ड कप अन्तर्गत शुक्रबार सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा गत सस्करणको बिजेता बिबिसि तम्फुलाले यलम्बर युथ क्लब पाँचथरलाई पेनाल्टी सुट आउटमा हराउदै सेमिफाइनल प्रवेश गरेको हो।
निर्धारित समय गोल रहित बराबरीमा टुङ्गिए पछि उक्त खेलको अन्तिम नतिजा पेनाल्टीमार्फत निकालिएको थियो। पेनाल्टीमा यलम्बर पाँचथरले कुनै गोल गर्न नसक्दा बिबिसिले तिन शुन्यको स्पष्ट जित हातपारेको हो ।
शुक्रबार सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटर फाइनल खेलमा ईटहरि फुटबल क्लबले नेपाल पुलिस बिराटनगरलाई साघुरो नतिजामा हराउदै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ।
उच्च प्रतिस्पर्धा रहेको उक्त खेल सुरू भएको केहि मिनेट नबित्दै कोशी पुलिस बिराटनगरका खेलाडीले पेनाल्टी बक्स भित्र ईटहरीका खेलाडीलाई लडाएपछि प्राप्त गरेको पेनाल्टीलाई ईटहरीका निशान थिङले गोलमा परिणत गर्दा बाँकी समय दुबै टोलीबाट गोल हुन नसकेपछि उक्त गोलनै निर्णायक गोल हुन पुग्यो ।
शनिबार एकमात्र अन्तिम क्वाटर फाइनल खेल एपिएफ पकली सुनसरी र चुलाचुली दमक झापाबिच दिनको ठिक एक बजे सुरू हुनेछ।